समाचार
समाजवादी प्रेस संगठन बागमती प्रदेशको १३ बुँदे काठमाडौं घोषणापत्र जारी

टुकी संवाददाता
काठमाडौं / समाजवादी प्रेस संगठन बागमती प्रदेश र उपत्यकाको भेलाले काठमाडौ घोषणापत्र २०७९ जारि गरेको छ। शनिबार काठमाडौंको आलोक नगर स्थित केन्द्रीय कार्यालयमा समसामयिक विषयमा १३ वटा प्रस्ताव पारित गरेको हो।
संयुक्त भेलाले राष्ट्रपतिले नागरिकता विधेयकमा संविधानको उल्लंघन गरेको प्रति खेद प्रकट गरेको छ ,साथै सुझाव सहितको मिडिया विधेयक संसदबाट पारित नहुनुलाई संचारकर्मीका निम्ति चिन्ताको विषय हो भनिएको छ।
उपत्यका ईन्चार्ज शान्तिराम बिडारिले प्रस्तुत गर्नुभएको घोषणापत्रमा श्रमजीवि पत्रकारहरूको तलब ,सेवा ,सुविधा सहित ४० हजार व्यवस्था गर्न जोडदार माग गरिनुका साथै बिभिन्न राजनितिक नियुक्तिका विषयमा गठबन्धनको मर्मअनुसार गर्नुपर्ने भन्दै राजनीतिक आस्थाका आधारमा पुरस्कार र सम्मान वितरण गर्दा भेदभाव भएकोले त्यसो नगर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ। यस्तै अनुदानमा दिने सञ्चार सामग्रीहरु ५० प्रतिशत छुट र लोककल्याणकारी विज्ञापन अनलाइनलाई पनि उपलब्ध गराउन आग्रह गरिएको छ।
जेष्ठ पत्रकारलाई निबृति भरणको व्यवस्था गर्न विशेष माग गरिएको छ। समाजवादी प्रेस संगठनको भेलालाई सम्बोधन गर्न उपस्थित हुनुभएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई बिशेष धन्यवाद दिँदै काठमाडौँ घोषणापत्र जारी गरिएको छ।
