समाचार

मंगलबार चन्द्रग्रहण लाग्दै, यस्तो छ योग, कुन ग्रहलाई कस्तो फलदोष

काठमाडौं / मंगलबार आषाढशुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्ने जनाइएको छ । यसको समय २ घण्टा ५९ मिनेटको हुँनेछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ ।

ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ । सुतकका समयमा बाल, वृद्ध, आतुर बाहेक अरुलाई भोजनमा निषेध गरिएको छ । ग्रहणका समयमा भने ध्यानजप बाहेक अरु केही गर्न नहुने उल्लेख छ ।

कुन राशीलाई कस्तो फलदोषः

मेष– माननाश

वृष– कष्टम्

मिथुन– स्त्रीपीडा

कर्कट– सौख्यम्

सिंह– चिन्ता

कन्या– व्यथा

तुला– श्रीप्राप्ति

वृश्चिक– क्षति

धनु– घात

मकर– व्यय

कुम्भ– लाभ

मीन– सुखम्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *