समाचार

नेपालकै लामो टुप्पी भएका ‘टुप्पी बाजे’ ! नुहाउँदा टुप्पीलाई यस्तो गर्ने रहेछन्

काठमाडौं- चितवनका कृष्ण नाथ घिमिरेको टुप्पी देखेपछि सबै चकित पर्दछन् । ६६ बर्षका कृष्ण नाथ बाजेको टुप्पी साढे १० फिटको छ । गाउँकै बौद्धिक र सामाजिक व्यक्तिको रुपमा चिनिने कृष्ण नाथ बाजेले बिगत धेरै बर्षदेखि पालेको टुप्पी देख्ने बित्तिकै फोटो खिच्नेहरुको घुईचो लाग्ने गर्दछ ।

नुहाउने समयमा कृष्ण नाथ बाजे आफ्नो टुप्पीलाई किलामा लगेर सिउरिन्छन् र नुहाउँछन् । नाच्नमा पनि रुचि भएका उनले टुप्पी लामो बनाउँदै गिनिज वल्र्ड रेकर्ड राख्ने सोच पनि बनाएका छन् । यद्यपी त्यसकै लागि भने उनले टुप्पी नपालेको बताउँछन् । टुप्पी पाल्नु स्वास्थ्यको लागि पनि राम्रो भएको बताउँदै कृष्ण नाथ बाजे यस्तो भन्दछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *