समाचार
राष्ट्रपतिबाट डा पोखरेल र ढकाललाई रोटरी अवार्ड
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले डा वीरेन्द्रराज पोखरेल र विश्वास ढकाललाई संयुक्त रुपमा ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स २०१९’ द्वारा पुरस्कृत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा उहाँहरुलाई जनही रु पाँच÷पाँच लाख राशिसहितको उक्त पुरस्कार प्रदान गर्नुभएको हो । सूचना प्रविधि र अन्वेषकको क्षेत्रमा अनुकरणीय कार्य गरेवापत डा पोखरेल र ढकाललाई सो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।



