समाचार
समाजवादी प्रेस संगठन बागमती प्रदेशको अध्यक्षमा – रायमाझी

टुकी संवाददाता
काठमाडौं/ समाजवादी प्रेस संगठन बागमती प्रदेशको भेला सम्पन्न भएको छ। आज काठमाडौंमा भएको भेलाले बागमती प्रदेश कार्यसमिति चयन गरेको हो।
ध्रुव रायमाझीको अध्यक्षतामा १३ सदस्य बागमती प्रदेश कमिटीले पुर्णता पाएको छ। महिला उपाध्यक्ष सोनिका राई , सचिव भोला पौडेल, कोषाध्यक्ष आशिस ठकुरी , सदस्यहरू सन्तोष चौलागाई,टिकादत्त तिमल्सिना, हरि गजुरेल ,शिव चौलागाई , जमुना गजुरेल, फुवा बाहादुर लामा ,डेनि थिङ र एेलिना कार्की रहनुभएको छ।
यस्तै उपत्यका कमिटीमा अध्यक्ष सबिन शर्मा उपाध्यक्ष केशव लुईटेल, महिला उपाध्यक्ष अप्सरा गौतम , सचिवहरु क्रमशः आशिस गुरागाईं,निर तोलाङ्गे, बिष्णु रजगाई कोषाध्यक्ष कञ्चन गजमेर सदस्यहरु रामहरी चौलागाई ,महानन्द भट्ट र मिलन लामा रहनुभएको छ।
प्रदेश र उपत्यका कमिटीमा रहनुभएका सम्पूर्ण पदाधिकारीहरुलाई समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव भूपराज खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो
