समाचार

सिद्धबाबालाई ३ लाख धराैटीमा छाड्न सुनसरी जिल्ला अदालतकाे आदेश

सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई  जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिनु भयो ।

४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *