समाचार
काभ्रेली राजनितीज्ञले स्वर्गीय सापकोटाकाे अनुशरण गर्नु पर्छ :- अध्यक्ष भूर्तेल

फागुन २० मंगलबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भूर्तेलले स्वर्गीय बिदुर सापकाेटालाई बाम राजनीतिक आन्दोलनमा अविश्राम रुपले लागि रहेकाे याेद्दा भएको भन्दै स्मरण गर्नु भएको छ। मंगलबार नेकपा एकीकृत समाजवादी काभ्रेले आयाेजना गरेकाे सापकाेटाकाे १३ अौ दिनकाे श्रद्धाञ्जली सभामा भावपूर्ण अभिब्यक्ति राख्दै भूर्तेलले यस्तो बताउनु भएको हो ।
उहाँले आफुले विदुर सापकोटाकाे अभिभावकत्वमा नेकपा एमालेमा धेरै समय काम गरेकाे बताउनु भयो । भुर्तेलले भन्ने भयो ,`नेता सापकोटाले देशकाे सेवा गर्ने समय बाँकी नै थियो तर हामीले उहाँलाई गुमाउनु पर्याे । सापकाेटाकाे राजनीतिक आन्दोलन , जीवन र अनुकरणात्मक कुराहरु संस्मरणमा रहेका छन् । ´ जिल्ला र देशलाई उहाँले गर्ने याेगदान धेरै छन् भन्दै भूर्तेलले सापकाेटा प्रती श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।
अध्यक्ष भूर्तेलले सापकाेटाकाे क्रान्ति र संघर्षको बाटाहरु मस्तिष्कमा ताजै रहेकाे र त्यसलाई काभ्रेली राजनीतिक नेताहरुले अनुशरण गर्न आग्रह गर्नु भयो ।
