समाचार

जनयुद्धका बेला चप्पल लगाएर जंगलमा लुक्दै हिड्ने वर्षमान पुन अहिले ५ लाखको त् सुट लगाउँछन्

जनयुद्ध गरेर देशमा राजा हटाएर देशको मुहार फेर्ने भन्दै हजारौं नेपालीहरुले बलिदान दिए अनि हजारौं त्यो युद्धका बेला नचाहदा पनि मृत्युलाई प्राप्त भए । राजाको शासन पनि गयो अनि तिनी जनयुद्धका मुख्य नेताहरुले देशलाई चलाउने मौका पनि पाए र अहिले पनि देश चलाउन मुख्य भूमिका निभाउँदै छन् । देशको विकास कति भ्यो अनि तिनी जनयुद्धको सिपाही देखि नेता, मन्त्री र प्रधानमन्त्री बनेका हरुको व्यक्तिगत कति विकास भ्यो त्यो त् भन्नु नै पर्दैन । यस्तै छन् अहिलेका उर्जा मन्त्री वर्षमान पुन । नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका बेला श्रीमती ओनसरी घर्तीमगर सभामुखका भूमिका रहँदा बालुवाटारमै बस्ने भएकाले वर्षमान पुन पनि सभामुख निवासमै बस्थे ।

सोही समयमा कतिपय सर्वोच्चमा बिचाराधीन ठूला मुद्दाहरुमा आफ्नो पक्षमा फैसला गराउन बिचौलियाका रुपमा प्रधानमन्त्री प्रचण्डको हवाला दिंदै वर्षमान पुन तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई धम्क्याउन जाने गरेको तथ्य कार्कीले नै सार्वजनिक गरिसकेकी छिन् । तर, हालै तिनै पुनले उर्जा मन्त्रालय सम्हाल्दै छन् । मन्त्रालयकै एकजनाले भने अनुसार मन्त्री आफैं ५ लाख पर्ने सुट लगाएर हिंड्छन् । अब हामी उनले लगाउने गरेका रु. ५ लाखका सुटको आम्दानीको स्रोत खोज्छौं । संमृद्धिको नारा उरालेर चुनावमा जनताको मत पाएका यिनीहरुले तिनै जनताका सन्तानलाई सरापेर संमृद्धि प्राप्त होला त ? कुनै बेला जंगलमा लुक्दै हिड्ने आज पाएपछि लाखौंको सुट मात्र लगाउने नेताहरुले यसैका लागि जनयुद्ध त् पक्का पनि लडेका थिएनन् होलान ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *