समाचार

भुम्लुमा सडक मर्मतसम्भार कार्य तिब्र रुपमा हुदै

काभ्रे/काभ्रेपलाञ्चोकको भुम्लुमा वर्षाको कारण विग्रिएको सडक मर्मत कार्य भइरहेको छ। भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्र मान तामाङ ( दावा)को सकृयतामा वर्षाले बिग्रिएको सडक मर्मतसम्भार भएको हो।

दशैंलाई लक्षित गरेर सडकमा खसेको पहिरो ,पानि जम्ने खाल्टाखुल्टी र भत्किएका ठाउँमा बनाउने कार्य भएको छ। हाल भुम्लुका १,३,४,५,र १० नम्बर वडामा मर्मत कार्यले तीव्रता पारिरहेको छ । सडकमा चारवटा जे .सि .बि.र चारवटै टिपर सञ्चालनमा छन।

दसैंअगाडि पालिकाको १० वटा वडामा सडक मर्मत तथा सरसफाई गरी बाटो सञ्चालनमा ल्याउने उद्देश्य रहेको उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) जानकारी दिनुभयो। आगामी दिनमा जनतालाई दशैंमा सवारी साधन आवतजावत गर्न सजिलो हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *