समाचार
रेडक्रस साेसाइटी कुशादेवी शाखाले गर्याे सचेतना र्याली

जेठ २२ बिहीबार ,२०८२
काभ्रेपलान्चोक । विश्व वातावरण दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखाले सचेतना र्यालि सम्पन्न गरेको छ । आज पनौती नगरपालिका स्थित कुशादेवीमा` हाम्रो शक्ति ,हाम्रो ग्रह ´भन्ने मुल नारा सहित कार्यक्रम गरिएको हो ।
उक्त र्यालिमा विद्यार्थी , समाजसेवी ,राजनितीज्ञ साथै महिला सहभागी रहेको थियो । कार्यक्रममा विश्वमा भइरहेको वातावरण प्रदुषण र त्यसले पारेको प्रभाब बारे छलफल गर्नुका साथै नागरिकलाई सचेतना सन्देश प्रबाह गरिएको थियो ।
कुशादेवी उपशाखाका सभापति टँक प्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रेडक्रस जिल्ला शाखा काभ्रेका मन्त्री राजु सिग्देल प्रमुख आतिथि रहनु भएको थियो । रेडक्रसकर्मि रामेश्वर आचार्यले कार्यक्रमकाे सन्चालन गर्नु भएको थियो ।



