बिचार/ब्लग
कविता

गुनासो
दामोदर अर्याल “हितकर”
सार्क नामको प्यारो एउटा संघ कता हरायो
शान्ति ल्याउँछु भन्ने गर्थ्यो त्यसै बिलायो ।
बन्धुत्वको मिलन ल्याउने ध्येय राम्रो थियो
भाइचारा बढाउँदै हातेमालो गर्थ्यो ।
अहंबादी शक्तिलाई सार्क चित्त बुझेन
छिमेकीलाई राम्रो भाको उसले देख्न सकेन।
कमलपित्त नजरले नेपाललाई नहेर
बस्ने छैन , नेपाली त्यसै सहेर ।
हाम्रा देशका नेताहरु बोल्नै नसक्ने
आफै मालिक हुँदा पनि आटै नगर्ने ।
नेताहरु बोल्ने छैनन अब जनता बोल्नुपर्छ
बुद्धको यो भूमिमा शान्ति ल्याउनुपर्छ ।
