समाचार

अखिल नेपाल यातायात मजदुर सङ्घको अध्यक्षमा दिपक केसी निर्वाचित

काठमाडौं/ अखिल नेपाल यातायात मजदुर सङ्घको अधक्ष्यमा दिपक के.सि. निर्वाचित हुनुभएको छ। आज काठमाडौंमा भएको अखिल नेपाल यातायात मजदुर सङ्घको सातौँ केन्द्रीय भेलाले केसीलाई निर्विरोध निर्वाचित गरेको हो। सङ्घको छैठौं राष्ट्रिय सम्मेलनमा के .सी. वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
सम्मेलनमा अखिल नेपाल मजदुर महासंघकि इञ्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । साथै ,महासङ्घका केन्द्रीय अध्यक्ष जगत सिंखडा विशेष अतिथिका रूपमा रहनुभएको थियो। निवर्तमान केन्द्रीय दक्ष रामचन्द्र कार्की को अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा ७७ जिल्ला र सातै प्रदेशबाट ५०० प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
देशैभरिबाट सहभागी प्रतिनिधिहरुले केसीलाई सर्वसहमत निर्विरोध अध्यक्षमा चयन गरेका हुन।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *