समाचार

सुनकाे मूल्य तोलामा ८०० रुपैयाँले बढ्याे

काठमाडौँ, ११ भदौ। विगत केहिदिन देखि निरन्तर ओरालो लागेको सुनको मूल्य बढेको छ। आज बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति अउन्स एक हजार ९४३ डलरमा खरिदबिक्री भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *