समाचार
संसदबाट जबरजस्ती विधेयक पारित गरिएको भन्दै विवेकशील साझा पार्टीको घोर भत्सर्ना

काठमाडौं, ११ माघ । विवेकशील साझा पार्टीले डा. गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएको भन्दै घोर भत्सर्ना गरेको छ ।शुक्रबार प्रमुख प्रतिपक्षीको अवरोधबीच छलफलबिना चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि एक विज्ञप्ती जारी गर्दै उसले विरोध गरेको हो ।प्रेस विज्ञप्तिचिकित्सा शिक्षा विधेयक पारितको घोर भत्सर्नाडा. गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएकोमा विवेकशील साझा पार्टी त्यसको घोर भत्सर्ना गर्दछ।शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको आफूलाई समाजवादी भन्ने सत्तारूढ दलबाट नै खिल्ली उडाइनु अत्यन्तै खेदजनक छ। संसदीय सर्वोच्चताको गलत प्रयोग भएको छ। सिमीत नेता र व्यापारीको लगानी र मुनाफा सुरक्षित गर्न र याराना पुँजिवाद (क्रोनि क्यापिट्यालिजम) लाई प्रश्रय दिएर सिमीत नेता, पार्टी र व्यापारीको हित हुने र आम जनताको अहित हुने कार्य भएको छ।कल्याणकारी लोकतन्त्रमा विश्वास गर्ने विवेकशील साझा पार्टी शिक्षा र स्वास्थ्यलाई मूलरूपमा राज्यको दायीत्व ठान्दछ। सोही विश्वासका कारण शुरूदेखि नै हाम्रो पार्टीले डा गोविन्द केसीले उठाएका मागहरूको मर्ममा समर्थन जनाउँदै आएको छ।सरकारले जबरजस्ती संसदीय मर्यादालाई मिचेर संसदीय सर्वोच्चताको दुरूपयोग गरेको विरोधमा र डा.गोविन्द केसीसँगको संझौताको पक्षमा विवेकशील साझा पार्टीले आइतबार, माघ १३ गते, माइतिघर मण्डलामा प्रदर्शन गर्नेछ। उक्त प्रदर्शनमा आम सर्वसाधारणलाई सरीक हुन विवेकशील साझा पार्टी हार्दिक अनुरोध गर्दछ।

