समाचार
अमर बनेर परलोक भए राष्ट्रकवि माधव घिमिरे (तस्बिरसहित)

काठमाडौं, ३ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई निवासमै पुगी सरकारका तर्फबाट उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।




