समाचार
आज पनि हावाहुरीसहित वर्षाको सम्भाबना
काठमाडौँ – देशका अधिकांश स्थानमा शुक्रबार पनि मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ ।
पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।


