समाचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६९ लाख नजीक

काठमाडौं, साउन १४। विश्वभर एक करोड ६८ लाख ९३ हजार पाँच सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार कोरोना भाइरस संक्रमणबाट बुधबारसम्म विश्वभर ६ लाख ६३ हजार चार सय ७६ जनाको मृत्यु भएको छ ।हालसम्म एक करोड चार लाख ५६ हजार तीन सय ९८ जनाले कोरोना जितेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ। डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र एक लाख ५२ हजार तीन सय २० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै,ब्राजिलमा ८८ हजार ६ सय ३४, भारतमा ३४ हजार दुई सय २४, रुसमा १३ हजार पाँच सय चार जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *