समाचार
सोलुखुम्बुमा आगलागीबाट १५ लाखको क्षति
सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका-६ सुर्के बस्ने हर्क बहादुर बि.क.को घरमा गए राती आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । राती ३ बजे भएको उक्त आगलागीबाट बि.क.को घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचर लगायत २० वटा कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीको खबर पाउनासाथ तत्काल प्रहरी चौकी नेलेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।


