समाचार

किस्ता तिर्न नसकेपछि कम्पनीले गाडी फिर्ता लग्यो, युवाले नदिमा हाम फाले

काठमाडौं, असार १०। लकडाउनको समयमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी नियन्त्रणमा लिएको दुई दिनपछि एक युवकले मनोहरा खोलामा हाम फालेको खुलेको छ। सिप्रदी ट्रेडिङ कम्पनीले लकडाउनको अवधिको किस्ता नतिरेको भन्दै गाडी नियन्त्रण लिएपछि तनावमा रहेका युवकले गत सोमबार मनोहरा खोलामा हामफालेका हुन्।

रामेछापको मन्थली–३ घर भएका ३४ वर्षीय सानुबहादुर कार्कीको शव मंगलबार बिहान सवा १० बजे भेटिएको हो । उनले दुई वर्ष अगाडि सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी गाडी खरिद गरेका थिए। मृतक कार्कीले बा ५ ख २८४४ नम्बरको गाडी खरिद गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *