समाचार

निर्मलाको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन, निर्मलाले न्याय कहिले पाउने ?

काठमाडौं– निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले शुक्रबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

हिजो १ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुले दीप प्रज्वलन गरेको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए । कार्यक्रममा ने वि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्मा सम्पन्न भएको थियो। कार्यक्रममा महिला संघकी महासचिव धना खति वडा, विद्यार्थी नेताहरु रामप्रसाद अधिकारी, बलदेव तिमल्सिना, सुशील भट्ट लगायत नेता कार्यकर्ता सहभागी रहेका थिए ।

कार्यक्रममा निर्मलाले न्याय कहिले पाउने नामक बोर्ड राखिएको थियो । निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचन भइरहेको छ । निर्मलाको न्यायका लागि देशैभर आन्दोलन हुँदा समेत निर्मलाले न्याय न्याय पाएकी छैनन् । गरिब भएकै कारण न्याय नपाएको उनका परिवारजनले अनुभूति गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *