समाचार

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं, ५ असार । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सुदिप छन्त्याल बिहीबार साँझ पक्राउ परेका छन् । धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं महानगरपालिका सामाखुसी टाउनप्लानिङमा बस्ने बाग्लुङ घर भएका छन्त्याललाई प्रहरीले पक्राउ गरेको हो ।

छन्त्यालले सोही ठाउँ डेरा गरी बस्ने बाँके नेपालगंज घर भएका आर्यन बेलबासेलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइते आर्यनको सामाखुसीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *