समाचार

सरिता गिरीलाई स्पष्टीकरण लिनुपर्ने पक्षमा बाबुराम, महन्थ र उपेन्द्रले मानेनन् !

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले नेपालको भौगोलिक अखण्डताविरुद्ध बोलेको भन्दै उनलाई कारबाही गर्न र संसद पदबाट पनि हटाउन सामाजिक सञ्जालमा विभिन्न पार्टीका नेता र विद्धानहरुबाट आवाज उठिरहेको छ । तर, गिरीको पार्टीले भने अहिलेसम्म यसबारेमा कुने प्रतिक्रिया दिएको छैनन् । गिरीमाथि स्पष्टीकरण लिनुपर्ने चौतर्फी रुपमा दबाब भएपछि जसपाभित्र पनि गिरीलाई स्पष्टीकरण लिनुपर्ने कुरा उठेको छ । तर, अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले भने स्पष्टीकरण लिन आवश्यक नरहेको अडान लिएका छन् ।

एक नेताले दिएको जानकारीअनुसार गिरीको अभिव्यक्तिलाई लिएर पार्टीमाथि प्रश्न उठाईएकोले बरिष्ठ नेताद्धय अशोक राई र बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठले तत्काल गिरीलाई स्पष्टीकरण लिनुपर्ने अडान लिएका छन् । गिरीले प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने बताएकी थिईन् । File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *