समाचार

भाइरल भइरहेको फेसएपले १८ वर्षअघि हराएका बालकलाई अहिले भेट्टाइदियो

काठमाडौं। पछिल्लो केही दिन सामाजिक संजालमा एउटा एप निकै भाइरल भइरहेको छ । रुसी कम्पनीले विकसित गरेको फेसएप नामको यो एपले कुनै पनि फोटोका आधारमा त्यो फोटोको व्यक्तिलाई बुढो बनाइदिन्छ । यो एपको अहिले व्यापक प्रयोग भइरहेको छ । यसको अत्याधिक प्रयोगसँगै यो सुरक्षित नभएको दावी पनि गरिएको छ ।

यही बीचमा फेसएपले १८ वर्षअघि अपहरणमा परेका बालकलाई खोजिदिएको छ। चीनको राजधानी बेइजिङमा बस्ने एक परिवारले १८ वर्षअघि अपहरणमा परेका छोरा फिर्ता पाएका छन् । अपहरणमा पर्दा ती बालकको उमेर ३ वर्ष थियो, अहिले उनी २१ वर्षका भएका छन् । उनको नाम यू विफेंग हो र अहिले उनी कलेज पढ्दैछन् । खासमा फेसएपको सहयोग लिने आइडिया पुलिसको थियो ।

पुलिसले नै विफेंगको ३ वर्षको फोटोलाई फेस एपको सहयोगले उनी अहिले कस्तो देखिन्छन् भनेर परिवर्तन गरेको थियो । फेसएपले परिवर्तन गरी अहिलेको उमेरको फोटो बनाइदिए पछि पुलिसले त्यही फोटोको आधारमा विफेंगलाई खोज्न थालेको थियो । पुलिसमा अनुसार विफेंग ६ मे २००१ मा एक निर्माणाधीन भवनबाट हराएका थिए । त्यस क्रममा विफेंगका पिता त्यहाँ फोरम्यानको रुपमा काम गर्थे ।

छोरा फिर्ता पाएपछि विफेंगका पिताले उनलाई पाल्ने दम्पतीलाई धन्यवाद दिएका छन। पुलिसका अनुसार सफ्टवेयरको सहयोगले करिब १०० जना छनोट गरिएयो । त्यसपछि तस्वीर मिलान गरेर विफेंगलाई खोज्न सकियो । पुलिस अधिकारी झेंग झेनहाइले भने ‘जब हामीले विफेंगलाई भेट्यौं उनले आफ्नो अपहरण भएको कुरा नै मानेनन् तर डिएनए परीक्षणपछि सबै खुलस्त भयो ।’

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *