समाचार

४ करोड राजश्व हिनामिना गर्ने यातायातका कर्मचारी (सुचीसहित)

काठमाडौं, २५ जेठ । कोशी यातायात व्यवस्था कार्यालयमा ४ करोड राजश्व हिनामिना खुलेको छ । राजश्व हिनामिनामा संलग्न अधिकृत देखि कम्प्युटर अपरेटर समेत गरी १७ जना छन् । सबैले मिलेमतोमा रकम हिनामिना गरेको खुलेको हो ।

करिब चार करोड राजश्व हिनामिना गर्ने १७ जना पत्ता लागेपछि अख्तियारले छानविनपछि मुद्दा दायर गरेको जनाएको छ । बदनाम भएका लेखापाल सुरेश अधिकारीकै योजनामा हिनामिना भएको हो। उनीसहित केही कर्मचारीलाई यसअघि नै मुद्दा दायर भएको छ ।

यसपटक कार्यालय प्रमुखहरु नयराज नेपाल र तिर्थराज लम्साल, गोपाल थपलिया र भूपेन्द्र राईविरुद्ध मुद्दा चलेको छ ।

त्यस्तै लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्र दाहाल, अर्जुन भट्टराई, कृष्ण कट्टेल, कम्प्युटर अपरेटर सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दीपेन्द्र कुमार मण्डल, मैया कुमार चापागाई र रविन कुमार विश्वासविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा खेप्ने कम्प्युटर अपरेटरहरु फोकस वान नेपाल प्रालिका हुन् ।

सुची:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *