समाचार
समाजिक सञ्जालमा गालीगलौजले हैरान भएकी समीक्षाले पल शाह संग पैसा नमागेको दाबि गरिन्

टुकी संवाददाता
काठमाडौं / बलात्कार मुद्दामा जेल सजाय भोगिरहेका पल शाहकी प्रतिवादी समीक्षा अधिकारीले अदालतले आदेश गरेको क्षतिपूर्तिबापत पाउनु पर्ने रकम आफुले माग नगरेको बताएकी छन्। उनलाई अदालतले दिलाएको सोधभर्ना र क्षतिपूर्तीको रकम पनि नलिने बताइन्।
केही घन्टाअगाडि आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै उनले भनेकी छिन् – “सामाजिक सञ्जालमा मेराबिरुद्ध लज्जास्पद तस्बिरहरु सहित गालीगलौज भइरहेका छन्। यसले मेरो मानसपटलमा नराम्रो असर पारेको छ। म लामो समयदेखि एउटा दुःखद घटना व्यहोरिरहेको छु ।यो कलाकारिता क्षेत्रको लागि पनि सुखद क्षण होइन। सबैलाई जानकारी भएकै कुरा हो।”
पल शाहसँग आफूले पैसा नमागेको र अदालतले दिलाएको दस लाख पनि नलिने मनशाय बनाएको भन्दै यो घटनालाई सबैले आफ्नो घरभित्रको समस्या जस्तै सम्झेर बुझिदिन आग्रह गरेकी छन्।

