समाचार
दुई जनामा काेराेना आरडीटी पोजिटिभ देखिएपछि काभ्रे प्रवेशमा रोक

बनेपा । काभ्रे जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रवेश गर्ने पैदलयात्रीलाई रोक लगाएको छ ।
लकडाउनका कारण उपत्यकामा रोकिएका विभिन्न जिल्लाका सयभन्दा बढी संख्यामा पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो ।
लकडाउनलाई प्रभावकारी बनाउन जिल्लाभित्र अनावश्यक रुपमा हिँड्डुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।


