समाचार

यता ज्वरोले गाउँ नै प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

काठमाडौं । हिमाली गाउँपालिका ६ को सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित बनेको छ। सुरुमा केही व्यक्तिमा देखिएको ज्वरोको संक्रमण हप्तादिन नुपग्दै गाउँभर नै फैलिएको हो। गाउँमा हालसम्म १ सय ५० बढी बिरामी परेको स्थानीय गोरख सार्कीले बताए। सुरुमा हिमाली गाउँपालिका ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस स्कुलमा संक्रमण देखिएको थियो। तीन जना विद्यार्थीमा देखिएको संक्रमण बढेर गाउँ नै प्रभावित बनेको छ। स्कुलकै ३० बढी बिरामी परेका छन्।

स्कुल बन्द गरिएको छ। घर घरमा ज्वरोको संक्रमणबाट बिरामी थला परेपछि उपचारमा समेत समस्या देखिएको छ। गाउँमा रहेको इलाका स्वास्थ्य चौकीमा औषधी पनि प्रर्याप्त नभएको र गाउँपालिकाले समेत चासो नदेखाएको आरोप स्थानीयको छ।

गाउँ नै थला पर्ने गरि बिरामी हुँदा समेत गाउँपालिकाले स्वास्थ्यको टोली नखटाएको र औषधीको व्यवस्था समेत नगरेको स्थानीय अगुवा समेत रहेका गोरख सार्कीले आरोप लगाए। गाउँमा वडा अध्यक्षदेखि जनप्रतिनिधीलाई जानकारी गर्दा आफूले थाहै नभएको जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिएको सार्कीको गुनासो छ।

हिमालीमा बेला बेला ज्वरो लगायतका रोगको संक्रमण देखिने गरेको छ। अधिकांश विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द गरिएका छन्।

घरमा एक दुई जना बिरामीले थला परेका छन्। गाउँपालिकाले अझै स्वास्थ्य कर्मीको टोली पठाउन हतार गरेको छैन्। पछि संक्रमणले महामारीको रुप लिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्।

चिसोका कारण बिरामी बढेको आशंका गरिए पनि एकाएक संक्रमण फैलिएकोले तत्काल चेकजाँच हुनु पर्ने स्थानीयको माग छ। धुलाचौर स्वास्थ्य इकाइमा उपचार गराउँदा बिरामीलाई एक अर्कासँग सम्पर्क नगराउन र आराम सहित उपचारमा राख्न सुझाव दिएका छन्।

बिरामी विद्यार्थीमा सुरुमा ज्वरो आउने र पछि वान्तापनि सँगै हुने र उठ्न नसक्ने लक्षण देखिएको छ। वृद्धवृद्धा र बालबालिकालाई झनै सास्ती भोग्नु परेको अवस्था छ। तत्काल उपचारको व्यवस्था नगरिए संक्रमण बढ्ने मात्र नभई सबैतिर फैलिने समेत डर देखिएको छ।

यता जिल्ला अस्पतालले भने आफूहरुलाई उपचार र स्वास्थ्य कर्मीको आवश्यक सहितको जानकारी आए तत्काल जान तयार रहेको बताएको छ। तर गाउँपालिकाले अझै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा औपचारिक जानकारी गराएको छैन्। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *