समाचार

आजको राशिफल : माघ २० गते, सोमबार

वि.सं.२०७६ साल माघ २० गते । सोमबार । ईश्वी सन् २०२० फेब्रुवरी ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– नवमी,२६ घडी २१ पला,बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र– कृतिका,३६ घडी ४९ पला,बेलुकी ०९ बजेर ३६ मिनेट उप्रान्त रोहिणी । योग– ब्रम्ह,५१ घडी ३२ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त ऐन्द्र । करण– कौलव,बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त तैतिल,रातको ०५ बजेर ४५ मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठूला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको शिलशिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसान्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइती चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरु नै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजाँदा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सांगठनिक टिम निर्माण गरि काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केहि दिनको लागि काम बन्द हुनेछ । महिला मित्र तथा विपरित लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढिनै उत्साहित हुदा नराम्र घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यवसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धिकाे रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्त सँग बिवाद बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो समयदेखि थाति रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढि मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको व्यापार व्यवसायमा अलि बढि मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढि नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा होस् नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाइबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषि गणेश काफ्ले ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *