समाचार
नेकपा एकीकृत समाजवादीको क्षेत्रीय भेला भब्यताका साथ सम्पन्न

काभ्रे,
नेकपा एकीकृत समाजवादी काभ्रेको क्षेत्र नं २प्रदेश सभा १ को क्षेत्रीय भेला सम्पन्न भएको छ।
भेला प्रमुख अतिथि नेकपा यसको केन्द्रिय सदस्य कृष्णप्रसाद उपस्थितिमा पाँचखाल नगरपालिकास्थित श्रीकृष्ण पार्टी प्यालेसमा भएको थियो।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुकाे परिचयात्मक तथा अगुवा कार्यकर्ता भेटघाटका लागि गरिएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाइँ ,प्रदेशसभाका उमेरद्वार नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्साल समानुपातिकतर्फ हरि गोपाल प्रधानाङ्ग , कल्पना श्रेष्ठ र दिल बहादुर तामाङ्गको उपस्थिति रहेको थियो।
यस्तै नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव गोकुल गौतम जिल्ला सचिवालय सदस्य प्राणनाथ न्यौपाने, अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा सचिवालय बदन कुमार भण्डारी लगायत जिल्ला कमिटी , पालिका कमिटी र वडा कमिटीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा भुम्लु गाउँपालिका मण्डनदेउपुर नगरपालिका पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिकाका नेताकार्यकर्ता लगायत आम जनसमुदायको सहभागिता थियो।