इटहरी / नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको छ । सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपाल भित्राउने लक्ष्य सहित सरकारले विभिन्न स्थानलाई धुम्नै पर्ने सूचिमा समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन देश भरका सय स्थानलाई धुम्नै पर्ने ठाँउकाे सूचिमा समावेश गरिएको हो । जसमा प्रदेश नं. १ का १६ स्थानहरू परेका छन् । पौष १६ गते (जनवरी १) बाट औपचरीक रूपमा उद्घाटन हुने यो अभियानलाई तिनै तहका सरकारले उच्च प्राथमिकतामा राखेका छन् । सङ्घीय सरकारले काठमाण्डाैकाे दशरथ रङ्गशाला, प्रदेश न १ सरकारले विराटनगरको सहिद रङ्गशाला तथा अन्य प्रदेश तथा स्थानीय तहले विभिन्न स्थानबाट भव्य रूपमा उद्घाटन गर्दै छन् । विदेशी पर्यटकलाई नेपाल भित्राएर जनताको जीवन स्तर सुधार गर्ने लक्ष्य रहेको भएता पनि यसको सफलतामा धेरैले शङ्का गरेका छन् । तर सरकारले भने नेपालमा विश्व भरका पर्यटक आउन चाहेकाले अभियान सफल हुने भन्दै २० लाख पर्यटक आउने आस गरेको छ ।
भ्रमण वर्षको सफलतामा योगदान पुर्याउने विभिन्न स्थान मध्ये इटहरीको तालतलाैया पनि समावेस छ । इटहरी उप महानगरपालिका वाड न २ र ३ मा पर्ने यो स्थानलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा हेरिएको छ । तालतलैया विकास तथा संरक्षण समितिको गठन भए पनि कछुवाको गतिमा भएको पुर्वधार निर्माण तथा प्रचार प्रसारले यस स्थानले पर्यटन प्रवर्धनमा सहयोग गर्छ भन्ने विश्वास गर्ने अवस्था थिएन । तर भ्रमण वर्ष २०२० को सय गन्तव्यमा परेपछि यसले मुहार फेरेको छ । भने विभिन्न कामले तीव्रता लिएका छन् । यहाँ दैनिक स्वदेशी तथा विदेशी पर्यटकको घुइचाे लाग्न थालेको छ । शनिवार तथा बिदाको दिन नेपाल तथा भरताका विभिन्न स्थानबाट दश हजार भन्दा धेरै पर्यटक आउने गरेको ताल तलैया विकास तथा संरक्षण समितिका सदस्य तथा प्रचार उपसमितिका संयोजक लोचन पौडेलले जानकारी दिए ।
७५ दशमलव ७६ हेक्टर क्षेत्रफलमा फैलिएको यस स्थानको आकर्षणको रूपमा बाल उद्यान, वनभोज स्थल, जङ्गली जीवजन्तु, मूर्तिकला तथा रमणीय सुन्दर तालको जलयात्रा रहेको पौडेलले बताए । यसका साथै पर्यटकको सुविधाका लागि फ्रि बाइफाई जस्ता सेवाहरू समेत रहेको उनले बताए । सबैको सहयोग र पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रम सञ्चालन गर्न सके यस ठाउँले समेत भ्रमण वर्षको सफलतामा ठुलो योगदान पुर्याउने पौडेको भनाइ छ । प्रदेश नं १ का मुख्यमन्त्री शेर धन राईले समेत यस प्रदेशकाे प्रमुख गन्तव्य तालतलैया बनाउने भन्दै चासो देखाएकाले यस स्थानले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुर्याउने देखिन्छ । यता स्थानीय पर्यटकहरू भने भ्रमण वर्ष मुखैमा आइसक्ता समेत साेचे अनुरूपकाे काम हुन नसकेको बताउँछन् ।तालतलैयाभ्रमण बर्ष २०२०



