समाचार
क्रिकेटर सोमपाल कामीले कसे प्रतिभा घिमिरेसंग लगनगाँठो
इटहरी /क्रिकेटर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् । प्रेमिका प्रतिभा घिमिरेसंग सोमपालले बुधवार लगनगाँठो कसेका हुन् । चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासंगको सिरिजमा टोली बाहिर रहेका सोमपालले यहि मौकामा लगनगाँठो कसेका हुन् । विगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका सोमपाल र प्रतिभाको बैवाहिक समारोहमा सिमित क्रिकेटर र साथीमात्र सहभागी भएका थिए ।

