समाचार

राजधानीमा नक्कली लाइसेन्स बनाउने चार पक्राउ

काठमाडौं उपत्यकामा नक्कली चालक अनुमतिपत्र बनाएर सर्वसाधारण ठग्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले त्यस्तो कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका ५ का मुनालकुमार मोक्तान, सिन्धुपाल्चोक सिरूबारी गाउँपालिका २ का राजेशकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका ८ का राधेश्याम नगरकोटी र काठमाडौं कागेश्वरी नगरपालिका ८ का रुपेन्द्र दर्जी छन्।

उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेकाले संगठित रूपमा सरकारी कागजात तथा छाप कीर्ते गरी नक्कली लाइसेन्स तयार तथा बिक्री वितरण गर्दै आएको महाशाखाले जनाएको छ।

उनीहरुको साथबाट यातायात व्यवस्था कार्यालयको नगदी रसिद, कम्प्युटर, प्रिन्टर, रबरस्ट्याम, स्ट्याम, विभिन्न व्यक्तिहरुको नागरिकता प्रतिलिपिलगायत बरामद भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *