समाचार

पत्रकारलाई अपशब्द प्रयोग गर्ने मेयरविरुद्ध जाहेरी

धनुषा ,माघ १२/जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध आइतबार प्रहरीमा जाहेरी परेको छ ।

जानकी मन्दिरको फूलबारी अ ति क्र म णका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई दु र्व्य व हार भएको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले मेयर साह विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् । गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुरमाथि हा त पा त भएको थियो भने सो विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रमाथि पनि मेयरबाट अ प शब्द प्रयोग भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *