समाचार
‘बाबुराम–उपेन्द्रजी‚ निरीह भएर बस्नुभन्दा नेकपामा आउनुस्’
काठमाडौ ९माघ/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरीह भएर बस्न भन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन् ।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले अप्ठ्यारो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका हुन् ।
उनले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफुहरुसँगै मिल्न आउन आग्रह गरे ।
उनले देशलाई सबै मिलेर स्थिरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलगअलग चुलोचौका लगाएर नहुने समेत बताए ।


