समाचार

आज रविले दिएको बयान यस्तो छ, यसरी सिधा कुरासँग जोडीएका रहेछन् शालिकराम

चितवन । पत्रकार सालिकराम प्रकरणका आरोपित चर्चित सञ्चारकर्मि रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कि ३ जनाकै बयान सकिएको छ । प्रेमकिा भनिएकी अस्मिता कार्किको बयान आईतवार नै सकिएको भए पनि संचारकर्मीद्धय लामिछाने र कंडेलको वयान केहिवेरअघि मात्रै सकिएको जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले ओएस नेपाललाई जानकारी दिए । गिरीका अनुसार अबको केहि बेरमा थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागी अदालतले आदेश दिने छ । बहस लम्बिए अदालतको आदेश आज नआउने सम्भावना पनि रहेको जनाईएको छ ।

यसैबिच आज रविले दिएको बयान जस्ताको त्यस्तै पढ्नुहोस् कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे। करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए।

पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। घटनाको दुईरतीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको मत्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।

निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा निजले के(कति कारणले भने मलाई थाह छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *