समाचार
दामनमा एउटै कोठामा सुतेका ८ भारतीय पर्यकट बेहोस भेटिए, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
मकवानपुर-दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ स्थित दामनस्थित एभरेष्ट पानोरमा सोमबार बेलुवा एउटै कोठामा सुतेका ८ जना पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएको बताइएको छ ।
बेहोस भएका आठै जनालाई कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स हस्पिटलमा पठाइएको प्रहरीले जनाएको छ ।दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने अनुमान गरिएको छ ।कोठाभित्र झ्याल ढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई फेला पारिएको थियो ।
