समाचार

६ दिन बित्दापनि पत्ता लागेनन काठमाडौँबाट बेपत्ता भएका बिपिन, खोजीदिन परिवारको अपिल

काठमाडौं : बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्लेको अवस्था अहिलेसम्म केही पत्ता लाग्न नसकेपछि परिवार थप पिडामा परेको छ । ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको छैन।

बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी अहिलेसम्म कहाँ छन् कस्तो अवस्थामा छन् कसैलाई पत्तो छैन घटना लगत्तै परिवारले प्रहरीलाई उजुरी गरेपनि अहिलेसम्म प्रहरीले केहि जानकारी पाउन सकेको छैन। यतिबेला परिवार बेचैन बनेको छ। न खानु न पिउनुको अवस्थामा रहेका उनका श्रीमती आमा बुवा बहिनीले सुनौलो नेपालसंग कुराकानी गर्दै सबै नेपालीलाई खोजी कार्यमा सहयोग गर्न अपिल गरेका छन्।

हराएका बिपिन देव काफ्लेलाई तपाईले पनि कहिँ कतै देखेमा परिवारलाई सम्पर्क गराउन सक्नुहुन्छ। हराएका बिपिनको परिवारमा अहिले रुवाबासी चलेको छ। जहाँ भएनी छोरा आइज ममीलाई नरुवा, श्रीमतीलाई नरुवा जहा जस्तो अवस्थामा भएपनि चाडो सम्पर्क गर छोरा भन्दै बिपिनकी आमाले बिलौना गरिरहेकी छिन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *