समाचार
मुग्लिन–पोखरा सडक विस्तारः एडीबीले साढे २१ अर्ब ऋण दिने
काठमानडाैं / एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ । एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो । एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो । १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लािग सहमति जनाएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।


