समाचार
बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ पुर्जी
काठमाडौं / बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार रहेका छन् । प्रसाईंले गिरीलाइ २० करोड घुस मागेको आरोप लगाएका थिए ।




