समाचार
एनसेल टावरमा आगजनी
काठमाडौं । अज्ञात समूहले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित रहेको एनसेल टावरमाथि आगजनी गरेको छ । गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका–९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।
“तराईका किसान सडकमा लड्दा मधेशवादी नेताहरु कता ?”
काठमाडौँ। चिनी मिलहरुले उखुको रकम भुक्तानी नगरेपछि उखु किसानहरु अहिले आन्दोलनरत छन्। तराईमा विभिन्न क्षेत्रबाट काठमाडौँ आएका उखु किसानहरुले देखि दिन देखि आन्दोलनरत भएका हुन्।
तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर अन्दोलान गर्दा आफ्ना माग पूरा नभएपछि किसानहरु काठमाडौँ आउन बाध्य भएका छन्। काठमाडौँमा चिसोमा आन्दोलन गरिरहँदा पनि किसानहरुको माग सम्बोधन हुने संकेत देखिएको छैन।तराईका उखु किसान काठमाडौँमा आन्दोलन गरिरहँदा मधेशवादी दलहरु मौन बसेको प्रति सामाजिक संजाल देखि मिडियाहरुमा चर्को आलोचना भएको छ।
यसै विषयलाई लिएर चर्चित हाँस्यकलाकार दिपक राज गिरिले “संविधान संशोधन”को नाममा आन्दोलन गर्न तयार हुनुभन्दा पहिला किसानको माग पूरा गराउन राजनीतिक नेताहरुलाई आह्वान गरेका छन्।मंगलबार फेसबुक मार्फत गिरिले यस्तो आह्वान गरेका हुन्। आफ्नो अधिकारका लागि काठमाडौँका सडकमा लडिरहेका तपाईका किसानहरुको माग पूरा गराउन नेताहरु समक्ष उनको आह्वान छ।


