चार नावालक छोराछोरीले एसओएसको संरक्षकत्व पाएको भोलिपल्ट क्यान्सर पिडित जौमतीले त्यागिन प्राण

अ+
अ
अ-

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिम टोलका क्यान्सर पिडित जौमती रोकयाको विहिबार दिउँसो निधन भएको छ । ३८ बर्षिय रोकया लामो समयदेखि आर्थिक अभावमा उपचार नपाई थला पर्नुभएको थियो । गत साउनमा भारतमा रोजगारी गर्न गएका श्रीमान कमल रोकयाको उतै निधन भएपछि जौमतीका चार नावालक छोराछोरी आमा थला परेपछि विचल्लीमा परेका थिए । बुधबार एसओएस बालग्राम धनगढीले जौमतीका चार छोराछोरीलाई संरक्षणमा लिएको भोलिपल्ट उनको निधन भएको हो । घरमा जौमतीका १३ बर्षीय जेठा छोरा लोकराज न्यौपाने बाहेक अरु नरहेको र भोलि जौमतीका देवर भारतबाट आएपछि उनको अन्त्यष्टी गरिने वडा अध्यक्ष टेकबहादुर बुढाले बताउनुभयो । गोरखापत्रमा खबर छ ।