तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ द्वारा न्यानो कपडा वितरण

अ+
अ
अ-

इटहरी / सुनसरी लगायत देशै भर चिसो अत्यधिक बढेको छ । केही दिन न्यानो महसुस भए पनि बिहीबारबाट फेरि चिसो बढेको छ । चिसो बढे सँगै मानिसहरूको जनजिवन प्रभावित भएको हो । चिसोले गरिब तथा विपन्न परिवारको जीवनलाई झन असहज बनाएको छ । चिसोले जनजिवन असामान्य भए पछि तरूण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले न्यानो कपडा वितरण रहेका छन् । सामाजिक क्रियाकलापहरूमा सक्रिय गुरुङले इटहरी १ र २० का गरिब तथा विपन्न परिवालाइ न्यानो कपडा वितरण गरेका हुन् । उनले इटहरी १ र २० का १९ घर परिवारलाई कपडा वितरण रहेको बताए । अत्यधिक चिसो बढिरहेकाले जाडोबाट कसैले ज्यान गुमाउनु नपराेस भनेर सानो सहयोग मात्र गरेको उनको भनाइ रहेको थियो ।