मोरङ /मोरङको सुन्दरहरैंचा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। शनिवार बेलुका ७ बजे ९ महिनाकाे बच्चा रिसम भगतलाई सेतो प्लाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भएकी हुन । घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन । गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भएका थिए । बच्चा चाेरी गर्नेकाे बारेमा खाेजीकार्य भई रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आमा भगतको अनुसार एक हप्ता अगाडी पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेकाे हुंदा त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेकी छीन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरवाल लागाएको र दुबै जनाको मुख छोपेको उनकाे भनाइ छ । भगतले घटना भएको अवस्थामा ससुरा छिमेकीकाे घरमा भएको तथा श्रीमान असोक भगत बाहिर काम रहेकाे जानकारी दिइन ।



