धरानबाट तेह्थुम हिडेको टाटासुमो दुर्घटना

अ+
अ
अ-

धरान / धरान १३ स्थित अमरहाटमा टाटा सुमो दुर्घटना भएको छ । धरानबाट तेह्रथुम जाँदै गरेको को १ ज २८९२ नम्बरको टाटा सुमो दुर्घटना भएर पल्टिएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा पुर्याइएको छ । गाडीमा सवार एक वृद्धा गम्भीर रहेकि छिन् । दुर्घटनामा परी ४ जना घाइते भएका थिए । प्रतिष्ठानमा सिटिस्क्यान सेवा नभएपछि उनीहरु अन्यत्र उपचारको लागि गएको प्रतिष्ठानस्थित प्रहरी विटका मणी गिरीले जानकारी दिए । उनका अनुसार गाडीमा सवारहरु बिहे कार्यको लागि जादै गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।