अ+
अ
अ-
सुनसरी / धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले ४३४ मतको अग्रता कायम गरेकाे छ । हालसम्म वडा नं १६ १७, १८, १९, २० को मतगणना सकिदा काङ्ग्रेसले ४३४ मतको अग्रता लिएकाे हो । वडा नम्बर २०, १९, १८ र १७ को मतगणना सम्पन्न भइसक्दा नेकपाले ४७ मतले अग्रता लिइरहदाँ वडा नम्बर १६ काे मत गणना सम्पन्न हुदा ४३४ मतले कांग्रेसले अग्रता लिएकाे छ । वडा नम्बर १६ १७, १८, १९, २० काे मत गणना सक्दा नेकपाका प्रकाश राइले ६४२३ र नेपाली कांग्रेसका तिलक राइले ६८५७ मत प्राप्त गरेका छन् ।



