समाचार

के भयो आज सुन चाँदीको मूल्य ? हेर्नुहोस्

नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ । शुक्रवार मूल्य अहिलेसम्मकै उच्च भई प्रतितोला सुन ७३ हजार ३ सय कायम भइ कारोबार भएको थियो ।

त्यस्तै आजपनि त्यहि मूल्य अर्थात ७३ हजार ३ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ७३ हजार रहेको छ ।

तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला चाँदी ८ सय ९० रहेको थियो । भने आज मूल्यमा कमि आई प्रतितोला चाँदी ८ सय ८५ रहेको पनि महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *