समाचार
दुबईमा विमान दुर्घटना हुँदा विमानमा सवार सबैको ज्यान गयो
एजेन्सी – युनाइटेड अरब इमिरेट्समा भएको एक विमान दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।अन्त्राष्ट्रिय मिडियाका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको बताइएको छ ।
दुर्घटना स्थानीय समय अनुसार बिहिबार साँझ ७ बजेर ३० मिनेटमा भएको हो। डीए–४२ नामक उक्त चार सिटे विमानमा चालक, सहचालक र दुई यात्रु सहित ४ सवार थिए।दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको र मृत्यु हुनेहरुमा तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिक रहेको समाचारमा जनाइएको छ ।



