समाचार
आजबाट ५४ औँ वर्षमा लागे सलमान खान, जन्मदिन विशेष हुनेछ
एजेन्सी । भारतीय सुपरस्टार सलमान खान आजबाट ५४ औँ वर्षमा लागेका छन् । सलमानका लागि ५४ औँ जन्मदिन विशेष हुनेछ । आजकै दिन सलमानकी बहिनी अर्पिताले २७ डिसेम्बरमा शल्यक्रियामार्फत् आफ्नो दोस्रो सन्तानलाई जन्म दिने तयारी उनको परिवारले गरेको छ । उनको शल्यक्रिया हिन्दुजा अस्पतालमा हुँदैछ । यसैकारण पनि सलमानले आफ्नो जन्मदिन मुम्बई बाहिर नमनाउने निर्णय गरेको भारतीय मिडियाले जनाएको छ । सलमानले यस वर्ष आफ्नो जन्मदिन भिन्न तरिकाले मनाउने निर्णय गरेका छन् । उनले आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भाइ सोहेल खानको घर मुम्बईको पाली हिल इलाकामा छ । सोहेलको घरमा एउटा बर्थ डे ब्यास दिइनेछ । जहाँ भारतका चर्चित कलाकारहरु शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिजसहित थुप्रै सेलिब्रिटीलाई निम्ता दिइएको छ ।
