समाचार

ग्राहककाे राेजाई बन्दै सुन्दरहरैंचाको एवान पिजा हाउस

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित बुधवारेमा एवान पिजा हाउस एण्ड क्रन्ची फ्राइड चिकेन संचालनमा आएकाे छोटो समयमा ग्राहकको रोजाई बन्न सफल भएको छ । विगत बर्ष देखि सफा तथा शान्त वातावरणमा संचालनमा आएको एवान पिजा हाउसमा अहिले ग्राहकहरुको चहल पहल बढेको पाहिन्छ । एवान पिजा हाउस विगत १० बर्षको विदेश बसाईकाे अनुभव पछि राम्रो लगानीमा ७ जानालाई रोजगारी प्रदान गरि स्वदेशमै केही राम्रो काम गर्ने सोचले संचालनमा ल्याएको संचालक मध्येका एक फणीन्द्रप्रसाद सुवेदीले बताए ।

पारिवारिक वातावरणमा सफा र स्वादिलो खानेकुरामा जोड दिएको एवान पिजा हाउसमा वर्गर,पिजा,सेकुवा, रोष्ट डमेस्टीक , फ्रेस जुस लगायत अडर अनुसारको खाना कटेजमा मज्जाले बसेर खान पाहिने व्यवस्था रहेको संचालक मध्येका एक कृष्ण ढकालले जानकारी दिए । उनले पाटी ,वर्थडे , विवाह उत्सव लगायत विभिन्न कार्यक्रमका लागि सेमिनार हलको समेत सुविधा रहेको पिजा हाउसले अहिले राम्रो अार्थिक काराेवार समेत गर्न सफल भएको बताए ।

एवान पिजा हाउसमा भेज तथा नन भेज खानेकुराको साथमा फ्रि वाइफाई र लाइभ स्पोट सहित होम डेलिभरीको समेत सुविधा रहेको संचालकले पूर्वेली न्यूज मार्फत जानकारी दिए । ग्राहकको माग र आवश्यकता लाई मध्यनजर गर्दै सेवा सुविधाको थप विस्तार गरि व्यवसायलाई ध्यानमा राखेर स्वदेशमै आत्मा निर्भर स्वरोजगार बन्ने उद्धेश्यले एवान पिजा हाउस सञ्चालनमा ल्याएको संचालकको भनाइ छ । एवान पिजा हाउस संगै अहिले उत्तरी माेरङमा संचालनमा अाएका हाेटल व्यवसायहरुले राम्रो अार्थिक काराेवार गरि स्वदेशमै अात्मा निर्भर बनेर अरुलाई राेजगारी समेत दिन सफल भएका छन । उत्तरी माेरङमा हाल सयाैकाे संख्यामा हाेटल व्यवसायहरु संचालनमा अाए संगै अान्तरिक तथा बह् पर्यटनहरु समेत अाउन थालेकाे स्थानियहरुकाे भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *