समाचार
अफिस फोरेर २ वर्ष जेल बसेका युवकले फेरी त्यहिँ अफिस फोरेर ६ लाख चोरेपछि परे पक्राउ
काठमाडौँ- चोरी गरेर झ्यालबाट हाम फाल्दाफाल्दै एक युवक रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृतन राई रहेका छन् । काठमाडौँको अनामनगर स्थित सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा रहेको ६ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दाभाग्दै अनानगर नै बस्ने वर्ष ३२ का कृतन राई रंगेहात पक्राउ परेका हुन् ।

उनि शाखा कार्यालयमा पसेर कोहि मानिस नभएको मौकामा उक्त रकम चोरी गरि भाग्न खोज्दा पक्राउ परेका हुन् । प्रहरीको भनाइ अनुसार राईले यस अघिपनि सोही कार्यालयबाट ल्यापटप समेतको धनमाल चोरी गरेका थिए । चोरी गरेको मुद्दामा २ वर्ष कैद सजाय भोगेका उनले कारागारबाट छुटेको १ महिना नबित्दै फेरी चोरी गरेका हुन् ।

